कहाँ हराए एक सय ३५ बालबालिका ?


 


रुपन्देही, साउन २२

रुपन्देहीबाट बालबालिका गायब हुने संख्या डरलाग्दो किसिमले बढ्दै गएको छ । पछिल्लो चार बर्षमा एक सय ३५ बालबालिका हराएका छन् ।

भारतसंगको खुल्ला सीमाका कारण बालबालिका बेचविखन हुने गरेको आशंका गरिएको छ । रपन्देहीको कालीदह नाका हुँदै बालबालिका भारत प्रवेश गर्ने गरेको पाईएको छ ।

केही महिनाअघि यही नाका हुँदै भारत प्रवेश गर्दे गरेका डेढ दर्जन बालबालिकालाई प्रहरीले उद्धार गरेको थियो । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति: २२ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्