सरकारमा जान राप्रपामा बबण्डर ! पार्टी फुटाउन हस्ताक्षर अभियान


 



काठमाडौं, साउन २२

पार्टी एकता भएको छोटो समयमै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अहिले बबण्डर मच्चिएको छ । अहिले पार्टी भित्र सरकारमा जाने वा नजाने विषयमा ठूलो विवाद उत्पन्न भएको छ । जसले गर्दा पार्टी नै फुटको संघारमा पुगेको छ ।

राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा समूह पार्टी फुटाउन हस्ताक्षर अभियान संकलनमा जुटेको छ। थापा समूहमा रहेका नेता रेशम लामाले नै क्याम्प फेर्दै राणा समूहमा आएर हस्ताक्षर अभियानको नेतृत्व गरेका छन्।

अभियानमा ३० प्रतिशत नेताले हस्ताक्षर गरेको बताइएको छ । १ सय ६३ जना केन्द्रीय सदस्य रहेको राप्रपामा पार्टी फुटाउन ६६ जना सदस्य आवश्यक पर्छ।

 

प्रकाशित मिति: २२ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्