Deshko News
१५ मंसिर २०८०, शुक्रबार

धेरै ब्याजको लोभमा सेनाको यो हालत, डुब्यो करोडौं रुपैयाँ


 


काठमाडौं, साउन २३

नेपाली सेनाले विभिन्न वित्तीय संस्था (फाइनान्स)मा राखेको कल्याणकारी कोषको करिब २३ करोड रकम जोखिममा छ ।

सेनाले निकट व्यक्तिका साथै धेरै ब्याजको लोभमा धराशयी बन्दै गएका फाइनान्समा निक्षेप गरेको कोषको रकममध्ये २२ करोड ९७ लाख ६७ हजार रुपैयाँ जोखिममा रहेको हो । अाजको अन्नपूर्णमा खबर छ ।

राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषित क्यापिटल मर्चेन्ट फाइनान्स, सम्झना फाइनान्स, नेसनल फाइनान्सलगायत वित्तीय पुँजी संरचना कमजोर रहेका संस्थामा निक्षेप गर्दा ८२ करोड रकम जोखिममा परेको थियो ।

जंगीअड्डामा आइतबार आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी योजना निर्देशनालयका प्रमुखसमेत रहेका सहायक रथी प्रदीपकुमार अधिकारीले जोखिममा परेको रकम असुल गर्न वित्तीय संस्थाको अचल सम्पत्ति रोक्का गरिएको जानकारी दिए । ‘निक्षेप रकम असुल गर्न अचल सम्पत्ति रोक्का गरेका छौं । अब बिस्तारै जोखिममा रहेको सबै रकम असुल गर्छौं’, सहायक रथी अधिकारीले भने ।

विगतमा निक्षेप गरेको साँवा रकम नै जोखिममा परेपछि सेनाले अहिले ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्तीय संस्थामा निक्षेप गरेको छैन ।

सेनाले हाल बैंकको पुँजी पर्याप्तता, कर्जा तथा लगानीको गुणस्तर स्थिति, व्यवस्थापनलगायत पक्ष हेरेर अधिकतम निक्षेपको सीमा तोकी निक्षेप उपलब्ध गराउने व्यवस्था गरेको छ ।

 

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्