सहसचिवको सरुवा कार्यान्वयन किन रोकियो ? यस्तो छ कारण


 


काठमाडौं, साउन २३

सरकारको लापरबाहीका कारण सहसचिवको सरुवा कार्यान्वयनमा समस्या देखिएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका ४० सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो। आजको नयाँ पत्रिकामा खबर छ।

सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेवास्ताका कारण सरुवा भएको चार दिन बितिसक्दासमेत कार्यान्वयन हुन सकेको छैन। केही मन्त्री र उच्च राजनीतिक दबाब एवं हस्तक्षेपका कारण सरुवा सूचीमा थपघट गर्नुपर्ने भएकाले कार्यान्वयनमा समस्या देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ। सरुवा भएकाले राजनीतिक नेतृत्वको प्रयोग गरेर रोक्न खोज्ने र नभएकाले आकर्षक ठाउँमा जान राजनीतिक लविङलाई तीव्र पारेकाले पनि सरुवा कार्यान्वयनमा समस्या देखिएको हो।

सरुवा भएको खबर पाए पनि चार दिनदेखि पत्र पाउन नसक्दा सहसचिवहरू अन्योलमा छन्। चार दिनअघि सरकारले गरेको निर्णय कार्यान्वयनमा आउन नसकेपछि मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिवमाथि प्रश्न उठेको छ।

यस्तो छ सरुवाको सूची

१ केदारनाथ शर्मा संघीय मामिला तथा स्थानीय विकासबाट गृह मन्त्रालय

२ चक्रबहादुर बुढा– शिक्षा मन्त्रालयबाट गृह मन्त्रालय

३ रमेश कुमार केसी अर्थ मन्त्रालयबाट गृह मन्त्रालय

४. नारायणप्रसाद भट्टराई गृह मन्त्रालयमा पदस्थापन

५. रामप्रसाद आचार्य गृह मन्त्रालय पदस्थापन

६. बाबुराम श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृह मन्त्रालय

७. श्यामप्रसाद भण्डारी गृह मन्त्रालय पदस्थापन

८. सीताराम कार्की शिक्षा मन्त्रालयबाट गृह मन्त्रालय

९. देवराज ढकाल श्रम तथा रोजगार मन्त्रालय पदस्थापन

१०. यज्ञराज कोइराला गृह मन्त्रालयबाट सूचना तथा सञ्चार मन्त्रालय

११. राजकुमार श्रेष्ठ गृह मन्त्रालयबाट अर्थ मन्त्रालय

१२. केशवराज घिमिरे गृह मन्त्रालयबाट शिक्षा मन्त्रालय

१३. रविलाल पन्त गृह मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालय

१४. दामोदर रेग्मी प्रधानमन्त्री कार्यालयबाट वाणिज्य तथा आपूर्ति मन्त्रालय

१५. धु्रव घिमिरे अख्तियार पदस्थापन

१६. ताराप्रसाद भट्टराई लोकसेवा आयोग (पदस्थापन)

१७. किशोरजंग कार्की सूचना तथा सञ्चार मन्त्रालयबाट अर्थ मन्त्रालय

१८. उत्तरकुमार खत्री गृहबाट अर्थ मन्त्रालय

१९. जनार्दन गुरागाईं स्वास्थ्य मन्त्रालय पदस्थापन

२०. मनमाया भट्टराई सामान्य प्रशासन मन्त्रालय पदस्थापन

२१. कृष्णप्रसाद ज्ञावली श्रम तथा रोजगार मन्त्रालय पदस्थापन

२२. ऋषिराम तिवारी गृह मन्त्रालय पदस्थापन

२३. तारानाथ अधिकारी गृह मन्त्रालय पदस्थापन

२४. रामकृष्ण सुवेदी अर्थ मन्त्रालयबाट गृह मन्त्रालय

२५. शंकरप्रसाद खरेल अख्तियारबाट अर्थ मन्त्रालय

२६. हरिप्रसाद वस्याल अर्थ मन्त्रालयबाट आपूर्ति मन्त्रालय

२७. विश्वप्रकाश सुवेदी अर्थ मन्त्रालयबाट लोकसेवा आयोग

२८. मुकुन्द निरौला श्रम तथा रोजगारबाट भौतिक पूर्वाधार तथा यातायात

२९. जगदशी रेग्मी सहरी विकासबाट अर्थ मन्त्रालय

३०. रविशंकर सैजु वाणिज्य मन्त्रालयबाट राष्ट्रिय सर्तकता केन्द्र

३१. आनन्दराज ढकाल अर्थ मन्त्रालयबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

३२. बलराम रिजाल अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय

३३. रूपनारायण भट्टराई भौतिकबाट अर्थ मन्त्रालय

३४. यादव कोइराला गृह मन्त्रालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग

३५. डा. नारायणप्रसाद रेग्मी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय काज निर्वाचन क्षेत्र निर्धारण आयोग

३६. बालकृष्ण पन्थी गृह मन्त्रालयबाट शिक्षा मन्त्रालय

३७. राजेन्द्रकुमार पौडेल अर्थ मन्त्रालयबाट सहरी विकास मन्त्रालय

३८. गंगाराम गेलाल गृह मन्त्रालयबाट अर्थ मन्त्रालय

३९. रामेश्वर दंगाल प्रधानमन्त्री कार्यालयबाट जनसंख्या तथा वातावरण मन्त्रालय

४०. हरिप्रसाद पन्थी गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्