शेयर बजार : ९४ करोडको कारोबार



काठमाडौँ, साउन २३

धितोपत्र बजारमा आज रु ९४ करोड बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक २.८९ अंकले बढेर एक हजार ६६७.९४ अंकमा पुगेको छ ।

बैंक वित्तीय संस्थाको शेयर किनबेच बढी भएको पाइएको छ । स्टकका अनुसार बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सबैभन्दा बढी कारोबार भएको छ ।

कूल १५९ कम्पनीको ११ लाख ५७ हजार कित्ता शेयर रु ९४ करोड ६८ लाख पाँच हजार २७३ कारोबार भएको छ ।

स्टकका अनुसार बैंकिङ ०.५२, जलविद्युत् १०.५३ र उत्पादन समूह ३.४४ बिन्दुले घटेको छ भने होटल १९.६५, विकास बैंक ४.११, फाइनान्स १३.९, बीमा ३.३९ र अन्य समूह १३.८८ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News