उपसचिवहरुले दिए मन्त्रालयलाई यस्तो धम्की


 


काठमाडौं, साउन २४

शिक्षा सेवामा करिब ७ सय उपसचिव र शाखा अधिकृतहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

शिक्षा मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कर्मचारी खटाउँदा मनपरी गर्न लागेको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

उनीहरुले शिक्षा मन्त्रालयले करिब एक महिनाअघि ७५ वटा स्थानीय तहमा व्यवस्थापन गर्न गएका उपसचिवहरुलाई अर्को निर्णय नभएसम्म हाजिर नहुन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्