राजपाका कुन नेता निर्वाचनको पक्षमा कुन विपक्षमा ?


 


काठमाडौं, साउन २४

राष्ट्रिय जनता पार्टीको केन्द्रीय समिति बैठकमा जिल्लामा जनमत बलियो भएका नेताहरू निर्वाचनको पक्षमा उभिएका छन्। पुराना ६ वटा दलमा आबद्ध ती नेताहरूले निर्वाचनलाई उपयोग गर्नुपर्ने तर्क गरेका थिए।

निर्वाचनको पक्षमा पूर्वसद्भावना पार्टीका नेताहरू खुलेर बोलेका छन्। सप्तरीदेखि पर्सासम्मका निर्वाचनमा उठेकाहरूले निर्वाचनलाई उपयोग गर्नुपर्ने पक्षमा बोलेका हुन्। आजको नयाँ पत्रिकामा खबर छ ।

सप्तरीका मृगेन्द्रसिंह यादव, धनुषाका लालकिशोर साह, रौतहटका अजय गुप्ता निर्वाचनका पक्षमा छन्। त्यसैगरी, पूर्वतमलोपाका जंगीलाल राय, जितेन्द्र सोनल, गोविन्द चौधरी, जयप्रकाश ठाकुर र नेपाल सद्भावना पार्टीका काजीमान लोप्चन, यदुवन साह निर्वाचनको पक्षमा खुलेका छन्। पूर्वसद्भावना, पूर्वतमलोपा र पूर्वनेपाल सद्भावना पार्टीका पूर्वअध्यक्षहरू भने निर्वाचनको विपक्षमा छन्।

यथास्थितिमा निर्वाचनमा जान नहुने मत पनि बराबर

अधिकांश केन्द्रीय सदस्यले यथास्थितिमा निर्वाचनमा जान नसकिने भनाइ राखेका थिए। संविधान संशोधन नभए पनि मन्त्रिपरिषद्ले सहिद घोषणा, घाइते अपांगलाई राहत दिनेलगायत निर्णय गरेमा निर्वाचनमा जान सकिने उनीहरूको भनाइ थियो।

 

 

प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्