सुनको भाउ तीन सय रुपैयाँले बढ्यो




काठमाडौं, साउन २५
नेपाली बजारमा सुनको मूल्य आज तीन सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला ५४ हजार चार सय रुपैयाँ पुगेको छ । हिजो (मंगलबार) सुन प्रतितोल ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News