नेपाल हाइड्रो डेभलपरको तीन लाख ९० हजार कित्ता साधारण सेयर आउँदै



काठमाडौँ, साउन २६

नेपाल हाइड्रो डेभलपरले शुक्रबारदेखि तीन लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीका अनुसार रु एक सय अंकित मूल्यका रु तीन करोड ९० लाख मूल्य बराबरको सेयर निष्काशन गर्न लागिएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल छ । कम्पनीका प्रमुख एवम् ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले साधारण सेयरका लागि ‘आस्वा प्रणाली’मार्फत मात्र आवेदन गर्नुपर्ने जानकारी दिनुभयो ।

नेपाल धितोपत्र बोर्डले यही साउन १ गतेदेखि सार्वजनिक निष्काशनमा आश्वा प्रणाली अनिवार्य गरेको छ ।

आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थामार्फत नै साधारण सेयरमा आवेदन दिन सकिने छ । सबै आवेदकलाई १० कित्ता सेयर अनिवार्य रुपमा बाँडफाँट गर्नुपर्ने नयाँ व्यवस्थाले गर्दा आवेदन दिने सबैलाई साधारण सेयर पर्नेछ ।

उक्त कम्पनीले दोलखामा ३.५२ मेगावाट क्षमताको चर्नावती जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । कम्पनीले यसअघि गत मंसिरमा दोलखाका आयोजना प्रभावितलाई दुई लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News