सुनको मूल्य यथावत, चाँदीको मूल्य घट्यो


 



काठमाडौं, साउन ३२
नेपाली बजारमा आज सुनको मूल्य यथावत छ । आज सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्रै सुन तोलामा चार सय रुपैयाँले घटेर ५५ हजार रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३२ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्