दूधको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?


 


काठमाडौं, भदौ‌ १

दुग्ध विकास संस्थानले दूधको मूयमा वृद्धि गरेको छ । स‌ंस्थानले हिन्दु नारीहरुको महाहन पर्व तीजको मुखैमा दूधको मूल्य बढाएको हाे । संस्थानले उत्पादन गर्दै आएको चारै प्रकारका दूधमा नयाँ निर्धारण गरिएकाे मूल्य बिहीबारदेखि लागू हुने जनाएकाे छ ।

संस्थानका व्यापार प्रवद्र्धन अधिकृत सञ्जीव झाका अनुसार दूधमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि भएको छ । मूल्य वृद्धिसंगै अब आधा लिटरको प्याकेटकाे मूल्य ३५ रुपैयाँ पुगेकाे छ ।

संस्थानका अनुसार स्टेन्डर दूध ३२ बाट ३५ रुपैयाँ, काउ मिल्कमा साविकको ३६ बाट ४० रुपैयाँ, चिया मिल्कमा ३० बाट ३२ रुपैयाँ, होल मिल्कमा ४० बाट ४५ रुपैयाँ कायम गरिएको छ । संस्थानले घ्यू, पनिर र दहीमा पनि मूल्य बढाएको छ । तीजमा दूधजन्य वस्तुको मूल्य वृद्धि भएपछि हिन्दू नारीहरुका लागि यस वर्षको तीज महंगो हुने निश्चित छ ।

प्रकाशित मिति: १ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्