सुनचाँदीको मूल्य घट्यो


 



काठमाडौं, भदौ ४
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ५५ हजार ३ सय रुपैयाँमा झरेको छ । शुक्रबारसम्म सुन प्रतितोला ५५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्