सुनको मूल्य कति छ आज ?


 



काठमाडौं, भदौ ५
बजारमा आज सुनको मूल्य यथावत रहेको छ । आज पनि सुन प्रतितोला ५५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन प्रतितोला सोही मूल्यमा नै कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत नै छ । आज पनि चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्