जापानको उरुतोरा रेस्टुरेन्ट अब नेपालमा, पोखरा र चितवनमा पनि खुल्दै


 


काठमाडौं, भदौ ११
जापानको बिभिन्न शहरमा १२ वटा रेष्टुरेन्ट सञ्चालन गरिरहेको जापानीज चेन रेष्टुरेन्ट उरुतोराले नेपालमा पनि आफ्नो १३ औं ब्रान्च सञ्चालनमा ल्याएको छ ।

३ करोड नेपाली रुपैयाँको लागतमा काठमाडौंको बालुवाटारमा सञ्चालनमा ल्याइएको उरुतोरा रेष्टुरेन्टमा २५ जना कर्मचारी छन् । एक सय जनालाइ एकैपटक सर्भिस दिन सकिने प्रशस्त स्थान रहेको रेष्टुरेन्टमा जापानीज खानाका अलावा नेपाली खाना पनि पाइने रेस्टुरेन्टका अध्यक्ष लोकनाथ वस्तीले जानकारी दिए ।

जापानमा रेस्टुरेन्ट ब्यवशाय गर्दै आएका अध्यक्ष वस्तीले जापानिज हस्पिटालिटी र म्यानरलाई नेपालमा ल्याउन रेस्टुरेन्टमा लगानी गरेको बताए ।

जापानमा काम गरेर फर्किएका नेपाली कुक र अन्य कर्मचारीले सेवा दिने यो रेस्टुरेन्टमा जापानबाट समेत कर्मचारीहरु आउने गरेका छन् ।

नेपालमा घुम्न आउने जापानीजहरु, जापानीजस्वादको खाना खाने र जापानमा बसेर फर्किएका तथा जापानीज खानाका पारखीहरुलाई यो रेस्टुरेन्टले थोरै भए पनि सहयोग पुग्ने बिश्वास प्रबन्ध निर्देशक केन्जी मिजुगुचीको छ ।

नेपालको पोखरा र चितवनमा समेत उरुतोरा रेष्टुरेन्टको शाखा खोल्ने योजना बनाएको उरुतोरा नेपालका निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: ११ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्