भोजपुरमा यसरी हुँदैछ निर्वाचन क्षेत्र निर्धारण



काठमाडौं, भदौ १२
भोजपुरमा निर्वाचन क्षेत्र कति होला ? यतिबेला चासो छ । साविकका ६३ गाविस मिलाएर नौ वटा स्थानीय तह बनेको भोजपुरमा कुन स्थानीय तह कुन निर्वाचन क्षेत्रमा पर्ला भनेर चासो हुनु स्वभाविकै हो ।

हाल भोजपुरमा प्रतिनिधिसभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । तर अब यसको संख्या घटेर एउटा हुने भएको छ । जनसंख्याका आधारमा भोजपुर प्रतिनिधिसभाका लागि एउटा निर्वाचन क्षेत्रमा पर्ने भएको हो ।

प्रदेशसभाका लागि भने भोजपुरमा दुइवटा निर्वाचन क्षेत्र हुने भएका छन् । प्रदेशसभाका दुइवटा निर्वाचन क्षेत्र भने पुरानै प्रतिनिधिसभाको भूगोल कायम हुने भएको छ ।

यसका लागि क्षेत्र नं १ अन्र्तगत साल्पा सिलिछो गाउँपापालिका, षडानन्द नगरपालिका र अरुण गाउँपालिकाको पुरै क्षेत्र पर्नेछ भने ट्याम्के मैयुङ गाउँपालिकाको वडा नं १ देखी ५ सम्मको क्षेत्र ( तिम्मा, छिनामखु, अन्नपूर्ण, नागी र खावा) पर्ने भएको हो ।

त्यस्तै भोजपुर नगरपालिकाको वडा नं १,२,३,४,५, १० (हेलौछा, सिद्धेश्वर, गुप्तेश्वर, बोेखिम र भैसीपंखा) समेटिने भएका छन् । त्यस्तै पौवादुङ्मा गाउँपाालिकाको वडा नं १ र २ (श्यामशिला र तिवारीभन्ज्याङ) क्षेत्र नं १ मा पर्नेछन् ।

प्रदेशसभाका लागि क्षेत्र नं २ अन्र्तगत आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाको सबै भूगोल पर्नेछन् ।

ट्याम्के मैयुङ गाउँपालिकाको वडा नं ६,७,८, ९ (कोट, गोगने र लेखर्क) क्षेत्र नं २ मा समेटिने छन् । त्यस्तै भोजपुर नगरपालिकाको ६,७,८,९,११,१२ (भोजपुर, आम्तेक र टक्सार) समेटिने भएका हुन् ।

पौवादुङ्मा गाउँपालिकाको वडा नं ३,४,५,६ (च्यांग्रे, बास्तिम, ठूलोदुङ्मा र सानोदुम्मा) क्षेत्र नं २ मा समेटिने भएका हुन् ।

क्षेत्र निर्धारणको जिम्मा पाएको निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र तय गरिसकेको छ भने प्रतिबेदन बुझाउने अन्तिम तयारीमा छ ।

भोजपुर लगायत प्रदेश नं १ मा प्रतिनिधि सभाका लागि २८ र प्रदेश सभाका लागि ५६ वटा निर्वाचन क्षेत्र आयोगले निर्धारण गरेको बुझिएको छ । प्रदेश नं १ मा १४ जिल्ला छन्  । आयोगले हरेक जिल्लाको निर्वाचन सीमा निर्धारण गरी नक्सासहितको प्रतिवेदन तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News