भोज खाँदा सानोदुम्माका ३० जना गाउँले विमारी


 


भोजपुर, भदौ १३
जिल्लाको पूर्वी पौवादुङ्मा गाउँपालिका वडा नं ५ सानोदुम्मा थर्पूमा स्थानीय एक शिक्षकको घरमा भोज खाँदा गाउँले विमारी परेका छन् ।

थर्पू स्कूलका शिक्षक लेखनाथ कोइरालाले छोरीले कृषि विषयको प्रवेश परीक्षा पास गरेको खुशियालीमा घरमा आयोजना गरेको भोजमा सहभागी झण्डै ३० जना विमारी परेका हुन् ।

विद्यालयका प्रधानाध्यापक अर्जुन राई, अन्य स्टाफहरु, विद्यार्थी र केहि अभिभावक विमारी भएको स्थानीय ज्ञानेन्द्र राईले बताए ।

विमारीमध्ये १७ जनामा अचेत हुनेजस्ता समस्या देखिएपछि प्रअ अर्जुन राईलाई थप उपचारका लागि भोजपुर अस्पताल लगिएको छ ।

त्यस्तै अन्यलाई अरुण गाउँपालिकाको प्याउली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ । ५÷७ जना सामान्य विमारी भएकाले स्थानीयस्तरमै सामान्य उपचारपछि घर फर्किएका छन् ।

भोजमा कुखुराको मासु, चिउरा र चिसो पेय पदार्थ (डीउ) खाएको सूचना आफूकहाँ आएको प्रहरीले बताएको छ । फुड पोइजनका कारण विमारी भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्