आज पनि घट्यो सुनको भाउ, कति छ मूल्य ?


 


काठमाडौं, भदौ १५
पहेलो धातु अर्थात सुनको मूल्य आज पनि घटेको छ । सुन हिजोको मूल्यको तुलनामा आज तीन सय सस्तो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको हो । हिजो सुनको मूल्य ५६ हजार तीन सय थियो भने चाँदी सात सय ७० रुपैयाँ थियो ।

प्रकाशित मिति: १५ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्