बन्द खुल्यो, जनजिवन सामान्य बन्दै


 


भाेजपुर, साउन ८

विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्द ५ बजेपछि खुलेको छ । दिनभर बन्दले प्रभावित बनेको जनजिवन बन्द खुलेसँगै सामान्य बन्दैछ ।

नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्ने चीन र भारतको सहमति तथा प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिको विरोध गर्दै विप्लव माओवादीले नेपाल बन्द आह्वान गरेको हो । बन्दले देशभरको जनजिवन प्रभावित बनेको थियो ।

बन्दका क्रममा धेरै जिल्लामा सवारी साधनमाथि तोडफोड भयो भने बन्दकर्ताहरु पनि प्रकाउ परेका छन् । बन्दले पूर्वि पहाडी जिल्ला भोजपुरको जनजिवन पनि प्रभावित बनेको थियो ।

विहानैदेखी यहाँको बजार पसल बन्द थियो । यतिबेला भने बजार पसल खुलेका छन् ।

प्रकाशित मिति: ८ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्