भोजपुरमा भैंसीको मासुलाई राँगाको मासु भन्दै यसरी बेचिन्छ (तस्बिहरु सहित हेर्नुहोस्)


 


Buffloभोजपुर, साउन ९
भोजपुरमा रागाँको मासु भनेर भैंसीको मासु बेचविखन भइरहेको रहस्य खुलेको छ । शनिबार विहान साढे तीन बजे भैंसी काट्दा काट्दै प्रहरीले उनिहरुलाई प्रकाउ गरेसँगै यो रहस्य खुलेको हो ।

उपभोक्ताले भैंसीको मासुलाई रागाँको मासु भनेर ठगि भइरहेको गुनासो प्रहरीलाई गरेसँगै प्रहरी विहानै सदरमुकामस्थित बधशाला पुगेको थियो । उज्यालो हुन नपाउँदै दुई वटा भैसी काट्दै गरेका मासु ब्यापारीलाई प्रहरीले प्रक्राउ गरेको छ ।

यसरी प्रकाउ पर्नेहरुमा भोजपुर नगरपालिका–९ का डम्बर श्रेष्ठ, राजकुमार तामाङ, तिर्थबहादुर तामाङ, अमृतबहादुर तामाङ, भोजपुर नगरपालिका–८ का रुद्रबहादुर राई र अस्मित राई रहेको छन् । मासु ब्यापारीले बधशालामा राति नै भैंसी काट्ने र विहानपख रागा काटेर मासु मिसाएर बेच्ने गरेको उपभोत्ताको गुनासो थियो ।

 bufflo 2ब्यापारीहरुले शनिबार बधशालमा ल्याइएका दुई वटा भैसी उज्यालो नहुँदै काट्न शुरु गरेका थिए भने राँगा भने काटेकै थिएनन् । राँगाको मासु महंगो छ भने भैंसीको मासु सस्तो विक्रि हुने गरेको छ ।

भोजपुरमा रागाँको प्रतिकेजी तीन सयका दरले मासु किनबेच भइरहेको छ । भैंसीको मासु भने एक सय देखी दुई सय रुपैयाँमा नै किनबेच हुने गरेको छ ।

भोजपुर सदरमुकाममा शनिबार हाट लाग्छ । यो दिन धेरै मासु खपत समेत हुने गरेको छ । मासु बढी खपत हुने दिन ब्यापारीहरुले सधै आँखा छल्दै आए पनि शनिबार भने यो पोल खुलेको छ । र, उनिहरु प्रहरी फन्दामा परेका छन् ।
त्यसै छाडिए ब्यापारी
शनिबार प्रहरीले ढुकेर मासु ब्यापारमा आँखा छल्दै आएका ब्यापारीलाई प्रकाउ गरे पनि त्यसै छाडिएका छन् । उनिहरुलाई आइन्दा यस्तो नगुर्न भन्दै त्यसै छाडिएको हो ।

लामो समयदेखी मासु ब्यापारमा ठगि गर्दे आएका ब्यापारीहरुलाई सरकारी तवरबाट पक्षपोषण भएको भन्दै उपभोक्ताले आक्रोश पोखेका छन् । शनिबार प्रहरी, प्रशासन, नगरपालिका र पशुसेवा कार्यालयका प्रतिनिधिहरुले मासु ब्यापारीलाई आइन्दा यस्तो नगर्ने कागजी शर्तमा छाडेका हुन् ।

काटेको भैंसीलाई खाल्डोमा पुर्ने र आइन्दा यस्तो नगर्ने शर्तमा उनिहरुलाई छाडेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएस्पी बासुदेव खतिवडाले बताए । बर्षाेदेखी ठगी गर्दे आएको रहस्य पत्ता लागेकै दिन सरकारी तवरबाट हलुका ढंगले ब्यापारी उम्किएपछि उपभोक्ता निराश भएका छन् । Bufflo 1

प्रकाशित मिति: ९ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्