सुन तस्करीको गाडी पहिचान गर्न विशेष चिह्न


 


काठमाडौं, भदौ २१
८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देब्रेतिर सुनको जलप लगाएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो भिर्आइपी। आजको नागरिकमा खबर छ।

विशेष चिह्नको माथिल्लो भागमा मुकुट थियो भने तल्लो भागमा चिनियाँ अक्षरसँगै सानो अक्षरमाा भिआईपी लेखिएको थियो। केरूङ हुँदै चिनियाँ पर्यटक ओसार्न प्रयोग हुने त्यो गाडी कुनै भिआईपीको थिएन।

विशेष चिह्न प्रयोग गर्नुको कारण थियो सुन तस्करीका लागि लाई क्लियर गर्ने। केरूङबाट नुवाकोटसम्म पुग्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीसमेत गरेर १२ वटा नाका पार गर्नुपर्छ। त्यसपछि नुवाकोट र धादिङका विभिन्न ठाउँमा गरी दुई दर्जन बढी सुरक्षा पोष्ट छन्।

सेटिङ मिलेका नाकामा सुरक्षाकर्मीले सहजै पहिचान गरून् र सेटिङ नमिलेका प्रहरीले भिआईपी सवार गाडी भनेर चेक फितलो बनाउन् भन्ने उद्धेश्यले भिआइपी चिन्ह प्रयोग गरेको प्रहरीको निष्कर्ष छ।

स्रोतका अनुसार सुन तस्करीमा यस्तै प्रकृतिका ६ वटा गाडीसमेत रहेको प्रारम्भीक सूचना आएको छ। ती गाडी केरूङ काठमाडौं आवतजावत गरिरहन्छन्। ती गाडीका चार चालकमध्ये तीनलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्