खुल्यो ८८ किलो सुन तस्करको रहस्य, यसअघि पनि तस्करीमै संलग्न



काठमाडौं, भदौ २३

विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ ।

काठमाडौंमा गत सोमबार बराबद ८८ किलो सुनको अनुसन्धान गर्दा चीन र नेपालमा रहेको पुरानै तस्कर समूह केरुङ नाका हुँदै सुन भित्र्याउन सक्रिय देखिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार चीनबाट सुन पठाउन र केरुङ नाकाबाट भन्सार छलेर काठमाडौंसम्म ल्याउन चिनियाँ नागरिक सक्रिय छन् । काठमाडौंमा भण्डारणमा समेत चिनियाँ नागरिककै संलग्न रहेको र काठमाडौंको बजारमा तस्करीको सुन फैलाउन र भारत पुर्‍याउन नेपाली नागरिक संलग्न रहेको प्रहरी स्रोतले जानकारी दियो ।

२०६२/०६३ को आन्दोलनसँगै भारतमा रहेको रक्तचन्दन चीनको तिब्बत पुर्याउन नेपालको स्थलमार्गको प्रयोग बढेको थियो । चन्दन तस्करीमा भरिया फेला पारे पनि मूल नाइके जोगिएका थिए ।

२०६५पछि चन्दन तस्करीमा संलग्न समूह नै तातोपानी नाका हुँदै नेपालमा सुन भित्र्याउन सक्रिय थिए । भूकम्पपछि खासा नाका बन्द भएसँगै चन्दन र सुन तस्करी केरुङतर्फ सरेका हुन् । आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News