ओलीले भने–माधव नेपाल उत्तर कोरिया गएको पार्टीलाई थाहा छैन


 



काठमाडौं, भदौ २३
एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको विादास्पद उत्तर कोरिया भ्रमणबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

पार्टीको औपचारिक जानकारीविना व्यक्तिगत हैसियतमा नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेको बताउँदै ओलीले असन्तुष्टि व्यक्त गरेका हुन्। आजको अन्नपूर्णमा ओलीको अन्तर्वार्ता छापिएको छ ।

पार्टीको संस्थागत निर्णयबाटै माधवकुमार नेपाललाई पठाउनुभएको हो भन्ने प्रश्नमा ओलीले माधव नेपालजी उत्तर कोरिया जानुभो । त्यो उहाँको व्यक्तिगत भ्रमण हो । त्यसमा पार्टी जवाफदेही नहुने बताए।

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्