​नेपाल आइडलविरुद्ध परेको रिट खारेज



काठमाडौं, भदौ २३

नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलविरुद्ध परेको रिट काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट खारेजको आदेश दिएको हो ।

अधिवक्ता न्यौपानेले नेपाल आइडलमा भोट गन्ने काम एक पक्षीय भएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए ।

यसअघि बुधबार दिवाकर भट्टको एकल इजलासले नेपाल आइडल आयोजकलाई भोट गन्ने काम रोक्न र सक्कल फाइलसहित अदालतमा उपस्थित हुन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News