पूर्वयुवराज पारसलाई के भएको हो ?


 


parasभोजपुर, साउन ११

पूर्वयुवराज पारस शाह मुटुमा समस्या देखिएपछि आइतबार मध्यान्ह थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । छोरा हृदयेन्द्रसहित पारस अस्पताल पुगेका हुन् ।

पटक पटक मुटुमा समस्या भएर थलिने गरेका पारस काठमाडौं फर्केपछि पहिलोपटक अस्पताल पुगेका हुन् । डा. भरत रावत नेतृत्वको चिकित्सक टोलीले पारसको स्वास्थ्य जाँच गरिरहेको छ ।

अस्पताल स्रोतका अनुसार उनको छातीमा पेसमेकर राखेर उपचार भइरहेको छ । ४३ वर्षे पारस केही समयअघि थाइल्यान्डको जेलबाट छुटेर नेपाल फर्किएका थिए।

त्यहाँ उनी लागू अाैषध सहित पक्राउ परी जेल चलान भएका थिए। लागू अाैषध दुर्व्यसनी भएपछि थाइ प्रहरीले उनलाइ ३ महिना पुनर्स्थापना केन्द्रमा समेत राखेको थियो।

प्रकाशित मिति: ११ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्