अस्पतालमा जब पारस र हिमानीको भेट भयो !


 


article-0-0096C9DD1000044C-796_468x339काठमाडौं, साउन ११

थाइल्यान्डबाट नेपाल आइसकेपछि पूर्वयुवराज पारस शाह र हिमानीबीच भेटघाट भएको थिएन । अाइतबार पारसलाई अस्पताल भर्ना गरिएपछि उनकी पत्नी हिमानी शाह पारसलाई भेट्न अस्पताल पुगेकी थिईन् ।

पूर्वयुवराज शाहको मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएको हो । जीव्नकुञ्जमा रहेका पारस नियमित उपचार गराइरहेका थिए ।

तीन दिन अघि उनका चिकित्सकले पेस मेकर राख्न सुझाव दिएपछि पारसलाई अस्पताल भर्ना गरिएको हो । पेस मेकरले मुटुलाई थप क्रियाशील बनाई तोकिएको मात्रामा चलाउँछ । मुटुमा समस्या आएर धड्कन कम हुन थालेपछि चिकित्सकले पेस मेकर राख्ने सल्लाह दिएका थिए ।  अाजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।

यो पनि पढ्नुहोस्

पूर्वयुवराज पारसलाई के भएको हो ?

प्रकाशित मिति: ११ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्