आधा करोड सक्न निगमका कर्मचारी विदेश भ्रमणमा



काठमाडौं, भदौ २५
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निनगम ब्यवस्थापनले आधा करोड रूपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश घुम्न पठाएको छ। आजको नागरिकमा खबर छ ।

‘जहाज थप्ने मात्र होइन, ब्यवस्थापनामा सुधार पनि मेरो प्राथमिकता हो,’ भन्दै आएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले कमर्सियल, कर्पोरेट, ईन्जिनियरिङलगायत विभागका कर्मचारीलाई विभिन्न देश घुम्न स्वीकृति दिएका हुन्। ती मध्ये केही जाने तयारीमा छन्। केही विदेश घुम्दैछन् भने केही घुमेर फर्किसकेका छन्।

सम्बद्ध विभागको सिफारिसको आधारमा महाप्रवन्धक कंशाकारले ती कर्मचारीलाई स्वीकृति दिएका हुन्। उनीहरूको आतेजाते हवाई टिकट, होटलमा बास बस्न र खाना, दैनिक भत्ता, यातायात खर्च निगमले बेहोरोको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News