पूर्वराजा श्राद्धमा व्यस्त, क–कसको गरे श्राद्ध ?


 


काठमाडौं, भदौ २६
पूर्व राजा अहिले के गर्दै होलान् भन्ने अहिले सबैको चासोको विषय बनेको छ । करिब दुई साताअघि थाइल्याण्ड भ्रमण गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहले १६ दिन लामो सोह्र श्राद्धमा उनले पहिलो दिन आफ्ना बुबा महेन्द्रको श्राद्ध गरेका छन् ।

त्यसपछि दरबार हत्याकाण्डमा दिवंगत भएका आफ्ना दाजु, भाउजु, हजुरबुबा, र हजुरआमाको श्राद्ध गर्न व्यस्त छन् ।

उनले हिजो आइतबार २०५८ साल जेठ १९ मा हत्या भएका आफ्ना दाजु विरेन्द्र भाउजू ऐश्वर्या, दाजुका छोरा दिपेन्द्र र निराजनको श्राद्ध गरे । दरबार हत्यकाण्डमा १० जनाको हत्या भएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्