खोलाले बगाउँदा भोजपुरमा एक युवतीको ज्यान गयो


 


भोजपुर, भदौ २६
भोजपुरमा खोलाले बगाएर एक युवतीको ज्यान गएको छ । आइतबार दिउँसो ४ बजेतिर षडानन्द नगरपालिका–७ केउरेनीपानीमा रहेको कान्ले खोलाले बगाउँदा १९ बर्षकी दिचना दर्जीको ज्यान गएको हो ।

तुंगेछाबाट खेतको काम सकेर फर्कदै गरेकी दर्जीलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दिंलाका अनुसार खोलाले बगाएको ठाउँबाट करिब दुई सय मिटर तल दर्जीको शव फेला परेको थियो । शव पोष्टमार्टमका लागि खाँदबारी लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्