भोजपुरमा कुन कार्यालयको कति बजेट फ्रिज ?


 


भोजपुर, साउन १३

अार्थिक बर्ष २०७१/०७२ मा भोजपुरमा १६ करोड हाराहारीमा बजेट फ्रिज भएको छ । बजेटको अख्तियारी ढिलो अाउनु, भूँइचालोको असर, निर्माण ब्यवसायीको लापरबाही, कर्मचारी अभाव जस्ता कारणले भोजपुरमा यतिका रकम फिर्ता गएको हो ।

कतिपय निर्माण क्षेत्रको बजेट प्रक्रियामा रहेकोले पुन अाउने भएको छ । सबैभन्दा बढि बजेट जिल्ला शिक्षा कार्यालयको फ्रिज भएको छ । त्यस्तै सिचाँइ, जिविस लगायत पनि बढी रकम फ्रिज हुने कार्यालय हुन् ।

यी हुन् बढी रकम फ्रिज हुने कार्यालयहरु

१ जिल्ला शिक्षा कार्यालय भोजपुर ३ करोड ७० लाख

२ सिचाँइ कार्याल भोजपुर ३ करोड १८ लाख

३ जिल्ला विकास समिति भोजपुर २ करोड १२ लाख ५० हजार

४ जिल्ला स्वास्थ्य कार्यालय भोजपुर १ करोड ८० हजार

५ भोजपुर नगरपालिका १ करोड ९ लाख

६ खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय भोजपुर ७१ लाख

७ गोरखबहादुर गण ५८ लाख

प्रकाशित मिति: १२ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्