सामुदायिक विद्यालयको यस्तो छ हालत, धन्न पो पास हुँदैछन् विद्यार्थी (लौ हेर्नुहोस् भिडियो सहित)


 


श्रृङ्खला न‌ं-१

भोजपुर, साउन १२

विद्यालय शिक्षाको अन्तिम परीक्षा मानिएको एसएलसीको अोरालो नतिजासँगै विशेषगरी सामुदायिक विद्यालयहरुको चर्को अालोचना हुने गरेको छ । अालोचना स्वभाविक पनि छ किनभने शिक्षामा बर्षेनी राज्यले लगानी बढाउने गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक अवस्था अोरालो लाग्नुका कारणहरु धेरै छन् । जुन हामी श्रृड्खलाबद्ध ढंगले प्रस्तुत गर्देछौ । सामुदायिक विद्यालयको शैक्षिक स्थिति खस्किनुमा बिद्यालयहरुमा राजनीतिकरण हाबी हुनु पनि प्रमुख कारण हो ।

यसरी विद्यालय क्षेत्रमा राजनीति हाबि हुनुमा सरकारी रवैया पनि काफी छ । लामो समयदेखी स्थानीय निकायमको निर्वाचन हुन नसक्दा राजनीति गर्न मन भएका तर ठाउँ नपाएकाहरुले विद्यालयलाई राजनीति गर्ने थलो बनाएका छन् ।

विद्यालय कसरी राजनीतिक थलो बन्दैछन् अाज हामी तपाईलाई देखाउँदैछौ । करिब तीन चार बर्ष अगाडी तयार पारिएको यो भिडियो अाज पनि उत्तिकै सान्दर्भिक छ । अाज धेरै विद्यालयमा यसरी नै चुनाव हुँदैछ भने कतिपय ठाउँमा चुनाव नै हुन नसक्दा व्यवस्थापन समिति नै बन्न सकेको छैन् ।

भिडियो

प्रकाशित मिति: १२ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्