नेपाली काँग्रेसको उपसभापतिमा भारती मनोनित



दाङ, असोज ४

नेपाली काँग्रेस दाङले जिल्ला कार्यसमिति विस्तार गरेको छ । जिल्ला कार्यसमितिको बैठकले उपसभापतिसहित तीन जना पार्टीको विधानानुसार मनोनयन गर्नुपर्ने पदाधिकारी मनोनयन गरेको काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।

सोअनुसार दाङ काँग्रेसका उपसभापतिमा कमानसिंह भारतीलाई मनोनयन गरिएको छ । यसैगरी सचिवमा टेकबहादुर वली र सहसचिवमा खिमाकुमारी अधिकारी चयन भएको सचिव डाँगीले जानकारी दिनुभयो ।

बैठकले अब हुने संघ र प्रदेशको निर्वाचनका लागि सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । गाउँपालिका तहमा जिल्ला पदाधिकारी तथा प्रतिनिधिलाई खटाइने निर्णय भएको सचिव डाँगीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News