घुस लिँदै गर्दा दुई जना कर्मचारी पक्राउ


 


कपिलवस्तु, असोज ४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ ।

सो गाउँपालिका–४ का वडा सचिव अयोध्याप्रसाद विश्वकर्मा र कृषि प्राविधिक सहायक वृजेश चाइले नेपाली नागरिकताको सिफारिस दिँदा स्थानीयसँग सात हजार घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्