मोरङको कानेपोखरी आगलागी, एकै घरका चार जनाको मृत्यु


 


मोरङ, असोज ५
मोरङको कानेपोखरी–३ हर्कपुरस्थित चन्द्रकुमार राईको घरमा आगलागी हुँदा एकै घरका चार जनाको ज्यान गएको छ । आगलागीबाट चन्द्रकुमार रार्इसहित चारजनाको ज्यान गएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

मृत्यु हुनेमा चन्द्रकुमार रार्इका ८५ वर्षीय आमा गंगामाया राई वर्ष , ४९ वर्षिय बहिनी विष्णुमाया राई तामाङ र ५० वर्षीय श्रीमती विष्णु राईको मृत्यु भएको हो । आगलागीको कारण खुल्न नसकेको र घर जलेर पूर्णरुपमा नष्ट रहेको प्रहरीले जानकारी दिएको छ ।

आगो विराटनगर, इटहरी र दमकका समेत गरी तीनवटा वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा लिइएको थियो । घरमा करिब राति ३ बजेतिर घरमा आगलागी भएको थियो ।

प्रकाशित मिति: ५ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्