प्रदेश नम्बर २ का १५ तहको अन्तिम नजिताः एमाले-कांग्रेस बराबरी


 


काठमाडौं, असोज ५
प्रदेश नम्बर २ का १५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । अन्तिम नजिताअनुसार अहिले नेपाली कांग्रेस र नेकपा एमालेले बराबरी स्थानमा जित हाँसिल गरेका छन् ।

एमालेले र कांग्रेसले चार/चार स्थानीय तहमा जित हात पारेको छन् । मतगणनामा अग्रताका हिसावले कांग्रेस अगाडि छ । माओवादी, राजपा र फोरम लोकतान्त्रिकले दुई–दुई स्थानीय तह जितेका छन् । संघीय समाजवादी फोरमले एक स्थानीय तह जितेको छ ।

यस्तो छ अन्तिम नतिजा

कांग्रेस
नेपाली कांग्रेसले धनुषाको औरही गाउँपालिका र जनकनन्दिनी गाउँपालिका, सिरहाको नवराजपुर गाउँपालिका र सप्तरीको बिष्णुपुर गाउँपालिकामा जित हात पारेको छ ।

एमाले
नेकपा एमालेले सप्तरीको सप्तकोशी नगरपालिका, धनुषाको बटेश्वर गाउँपालिका र मुखियापट्टी मुसहरनीया गाउँपालिका र पर्साको पटेर्वा सुगौली गाउँपालिकामा जित हात पारेको छ।

माओवादी केन्द्र
नेकपा माओबादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिका र अर्नामा गाउँपालिकामा जितेको छ ।

राजपा
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले धनुषाको हंशपुर नगरपालिका र सर्लाहीको कौडेना गाउँपालिकामा जित हात पारेको छ ।

नेपाल लोकतान्त्रिक फोरम
नेपाल लोकतान्त्रिक फोरमले रौतहटको इशानाथ नगरपालिका सर्लाहीको बिष्णु गाउँपालिकामा जितेको छ।

संघीय फोरम
संघीय समाजबादी फोरमले सिरहाको विष्णुपुर गाउँपालिकामा जितेको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्