सप्तरीको राजविराजमा मतगणना के हुँदैछ, कस्ले कति मत ल्याए ?


 


राजविराज, असोज ११
प्रदेश नं २ अन्तरगत अन्तिम मतपरिणाम आउँन बाँकी स्थानीय तह मध्ये सप्तरीको राजविराज नगरपालिका पनि एक हो । यहाँ यतिबेला मतगणना जारी छ । वडाध्यक्षका उम्मेदवारको निधन भएपछि यहाँ मतदान केही दिन सरेको थियो । त्यसैले मतपरिणाम आउन ढिला भएको हो ।

पछिल्लो नतिजा अनुसार यहाँ राजपाले अग्रता लिएको छ । राजपाका उम्मेदवार शम्भुप्रसाद यादवले ३ हजार ६ सय ३५ मत ल्याएर अग्रता कायम गरेका हुन् । उनलाई संघीय समाजवादी फोरमका उम्मेदवारले पछ्याइरहेका छन् । फोरमका उम्मेदवार भिमराज यादवले ३ हजार ४ सय १७ मत ल्याएका छन् ।

माओवादी केन्द्रका अनिस अन्सारीको २ हजार ८ सय ४७ र नेकपा एमालेका सुखराम यादवले १ हजार ६ सय १३ मत ल्याएका छन् । उपमेयरमा राजपाकै अग्रता छ ।

राजपाकी साधना झाको ३ हजार ८ सय ५२, संघीय समाजवादी फोरमकी किरणकुमारी साहको २ हजार ५ सय ८२, माओवादी केन्द्रकी सुमित्रादेवी यादवको १ हजार ९ सय ६२, नेकपा एमालेकी ममता चौधरीको २ हजार ४ सय ४० मत रहेको छ । आज अन्तिम मतपरिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्