यस्ता छन् खोटाङमा बाम गठबन्धनका उम्मेदवार



खोटाङ, कात्तिक ४
खोटाङमा आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्धनबाट उम्मेदवार बन्ने नेताहरुको टुङ्गो लागेको छ ।

प्रतिनिधिसभाका लागि नेकपा (एमाले)बाट केन्द्रीय सदस्य विशाल भट्टराई, प्रदेशसभाका लागि वैकल्पिक केन्द्रीय सदस्य राजन राई र नेकपा (माओवादी केन्द्र) बाट पोलिटब्यूरो सदस्य रामकुमार राई (पासाङ)ले टिकट पाएका छन् ।

जिल्लाबाट सिफारिस भएका दुवै पार्टीका आकांक्षीमध्येबाट तीन नेताको नाम छनोट गरिएको बाम गठबन्धनले जनाएको छ । समानुपातिकतर्फ भने आगामी कात्तिक १३ गतेमात्रै टुङ्गो लाग्ने स्रोतको भनाइ छ ।

बाम गठबन्धनबाट टिकट पाएका नेताहरुको उम्मेदवारी दर्ता संयुक्तरुपमा एकैचोटी गर्ने गठबन्धनका नेता तथा एमाले जिल्ला उपसचिव कुमार आचार्यले बताए।

“बाम गठबन्धनले जिल्लावासी उत्साहित भएका छन्”, उनले भने, “देशकै ठूलो दल र तेस्रो दलबीच भएको तालमेलले तीनवटै सिट जित्ने निश्चित भएको छ ।”

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News