Deshko News
८ आश्विन २०८०, सोमबार

४ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने गुरुङको जिकिर



बेंसीशहर, लमजुङ,  कात्तिक ६

नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले आफू प्रदेश नं ४ को मुख्यमन्त्री बन्ने जिकिर गर्नुभएको छ ।
सदरमुकाम बेंसीशहरमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले जिल्लाको समृद्धि र उत्थानलाई पहिलो प्राथमिकता राखेर प्रदेशसभा निर्वाचनमा आफू क्षेत्र ‘ख’बाट चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।

कार्यक्रममा लमजुङबाट प्रतिनिधिसभा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य देवप्रसाद गुरुङले आफू लमजुङमै हुर्किएको भन्दै पराइ नठान्न आग्रह गर्नुभयो ।

नेकपा (एमाले) लमजुङका अध्यक्ष तथा प्रदेशसभा कका उम्मेदवार धनञ्जय दवाडीले जिल्लाको विकास निर्माणको अभिभारा एमालेले लिएको छ भन्नुभयो ।

लोकतन्त्र रक्षाका लागि काँग्रेस

नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले लोकतन्त्रको रक्षाका लागि अहिलेको निर्वाचन काँग्रेसले जित्नुपर्ने बताउनुभएको छ ।
लोकतान्त्रिक पक्षधर उम्मेदवारले बेंसीशहरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नागरिकले चाहेको स्वतन्त्रता, समानता, देशको अखण्डता र सम्पन्नताका लागि काँग्रेस जिम्मेवार रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा कका उम्मेदवार गर्जबहादुर गुरुङले सम्भावना भएर पनि विकास हुन नसकेको जिल्लामा आफू निर्वाचति भएपछि समग्र विकासले छलाङ मार्ने जिकिर गर्नुभयो । रासस

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News