धादिङमा बाम गठबन्धनको पक्कड, राप्रपासँग तालमेल गर्दा क्षेत्र २ मा कांग्रेसको झिनो आश (विश्लेषण)


 


काठमाडौं, कात्तिक १३
राजधानीको घाँटीमा रहेको धादिङ जिल्लामा उमेदवारी दिएर दलहरू चुनवामा होमिएका छन् । जिल्लामा क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा कांग्रेस तुलनात्मक रुपमा बलियो देखिन्छ ।

एमाले–माओवादीले तालमेल गरेको अवस्थामा क्षेत्र नं १ मा कांग्रेसभन्दा बाम गठबन्धनको पक्षमा दोब्बर मत छ । २ नम्बर क्षेत्रमा पनि बाम तालमेलले कांग्रेसलाई कजजोर सावित गर्ने अनुमान गर्न सकिन्छ ।

विगतको विरासत

जिल्लामो २०४८ को निर्वाचन देखि नै ३ क्षेत्र थियो । तर, अहिलेको नयाँ संरचनाअनुसार २ क्षेत्र कायम गरिएको छ । २०४८ देखिको निर्वाचन परिणामलाई हेर्दा एमाले बलियो अवस्थामा छ । धादिङको नेताको रुपमा सो समयदेखि नै राजेन्द्र पाण्डे र गंगालाल तुलाधर भन्ने देखिएको छन् ।

धादिङबाट कांग्रेसले २०४८ मा एक र २०५६ एक सिटबाहेक जित्न सकेको छैन । माओवादी केन्द्रले पहिलो संविधानसभा निर्वाचनमा तीनै क्षेत्र जितेको थियो भने राप्रपाका बुद्धिमान तामाङले २०५१ र २०५४ को निर्वाचनमा विजयी हासिल गरेका थिए ।

२०७० को चुनावमा तीन क्षेत्रमै एमाले उमेदवार राजेन्द्र पाण्डे, गुरु बुर्लाकोटी र धनबहादुर घले निर्वाचित भएका थिए ।

नयाँ संरचनाअनुसार कायम क्षेत्र

स्थानीय तह निर्वाचन नतिजा

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले केही तहमा तालमेल गर्दासमेत एमाले नै बलियो देखिएको थियो । अब, दुई बाम दल मिल्दा र उनीहरुले ल्याएको स्थानीय तहको नतिजा केलाउँदा क्षेत्र नं १ मा बाम दल दोब्बर भन्दा बढि मतले अगाडि छन् । क्षेत्र नं २ मा भने एक्लै बलियो कांग्रेस अर्को बलियो दल राप्रपासँग तालमेल गर्दा प्रतिस्पर्धामा आउने देखिएको छ ।

क्षेत्र नं १ मा के छ अवस्था

यो क्षेत्रमा धुनीवेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनीघाट गाउँपालिका, रोराङ्ग गाउँपाकिला र सिद्धलेक गाउँपालिका पर्दछन् ।

यो क्षेत्रमा बाम गठबन्धनको तर्फबाट एमालेका भूमी त्रिपाठी उमेदवार छन् भने कांग्रेसको तर्फबाट विश्व अर्याल अगाडि सरेका छन् ।
यी तहका स्थानीय निर्वाचनमा वडा अध्यक्षले प्राप्त गरेको मतअनुसार बाम गठबन्धनमा रहेको एमाले ३५ हजार १८२ मत छ भने माओवादी केन्द्रको पक्षमा २० हजार ९८४ मत रहेको छ ।

यता कांग्रेसको पक्षमा १९ हजार १७७ मत रहेको छ भने राप्रपाको १ हजार ३६५ मत रहेको छ । दुई पक्षको मत जोड्दा बाम दल धेरै अगाडि देखिएकाले कांग्रेसको सम्भावना अत्यन्त न्यून देखिन्छ ।

धादिङ क्षेत्र नं २ ः राप्रपाको तालमेलले कांग्रेस झिनो आशा

धादिङको क्षेत्र नम्बर २ अन्तर्गत रुवी भ्याली गाउँपालिका, गंगाजमुना गाउँपालिका, खनियाबास गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, नेत्रावती गाउँपालिका, निलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका रहेका छन् ।

यो क्षेत्रबाट बाम गठबन्धनबाट एमालेका खेम लोहनी र कांग्रेसबाट दिलमान पाख्रिन उमेदवार बनेका छन् ।

यो क्षेत्रमा स्थानीय तहको नतिजाअनुसार कांग्रेस एक्लै अन्य दलभन्दा बलियो देखिन्छ । यद्यपी दुई बाम गठबन्धनको मत भने कांग्रेस र सो पार्टीसँग तालमेल गरेको राप्रपाभन्दा करिब ९ हजार मतले अगाडि छ ।

यो क्षेत्रमा एमालेको २३ हजार ८११, माओवादी १४ हजार १०२ मत गरी ३७ हजार ९१३ मत देखिन्छ । यता कांग्रेसको २५ हजार २२८ र राप्रपा ३ हजार ४३८ मत गरी २८ हजार ६६६ मत रहेको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्