सडक दुर्घटनामा परी भोजपुरका एक जनाको ज्यान गयो


 


मोरङ, साउन २१

रोकिराखेको माइक्रोबसमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा बिहीबार एकजनाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकलमा पछाडी सवार भोजपुरको ओख्रे गाबिस ४ का ५३ वर्षीय पञ्चकुमार राई रहेको प्रहरीले जनाएको छ । मृतक राईका छोरा मोटरसाईकल चालक नलराज राई गम्भिर घाइृते भएका छन् ।

विराटनगर १७ मलायारोडमा पार्किङ गरि राखिएको को १ च ३३३२ नम्बरको माईक्रेसित राई बाबुछोरा चढेको मोटरसाईकल ठोक्किएको थियो । माईक्रोसित मोटरसाईकल ठोक्किएपछि घाइृते दुबैजनालाई उपचारको क्रममा स्थानिय गोल्डेन अस्पतालमा भर्ना गरिएकामा पञ्चलालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते नलराजको सोही अस्पतालमा उपचार भईरहेको छ । माईक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २१ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्