भाषा स‌ंरक्षणमा सक्रिय भोजपुरका दुई जना सम्मानित


 


sammanitभोजपुर, साउन २२
किरात राई यायोक्खाको २८ औं स्थापना दिवसको अवसरमा भोजपुरमा दुई जना सम्मानित भएका छन् । आफ्नो जातिको भाषाको, उत्थान, संरक्षण र सम्बर्दनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अर्जुन राई (अशिम दुङ्माली) र शरण बहादुर राईलाई सम्मान गरिएको हो ।

उनिहरुलाई स्वर्गिय दिलमाया राई, स्वर्गिय भूपु सहायक मन्त्री कर्णबहादुर राई र स्व: मालती राईको नाममा सञ्चालित अक्षयकोषबाट नगद तीन हजार सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो । अर्जुन राईले दुङमाली भाषा र शरणबहादुर राईले बान्तावा भाषाको संरक्षणमा योगदान पुर्याउँदै आएको किरात राई यायोक्खा भोजपुरका अध्यक्ष पाविहाङ्ग राईले बताए ।

उनिहरुलाई शुक्रबार एक कार्यक्रमकाबिच सम्मान गरिएको थियो । सम्मानित दुबै जना शिक्षण पेशामा अाबद्ध छन् । अर्जुन सानोदुम्मा माविका प्रधानाध्यापक हुन् भने शरणकुमार पोखरे निमाविका शिक्षक हुन् ।

प्रकाशित मिति: २२ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्