सुनको मूल्य घट्यो, हेर्नुहोस् कति छ आज ?

काठमाडौं, पुस १९
नेपाली बजारमा आज (वुधवार) सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।
हिजो सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने ३ दिनदेखी स्थिर रहेको छ । चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: १९ पुस २०७४, बुधबार
















