आज सुनचाँदी कति मूल्यमा कारोबार भइरहेको छ ?
काठमाडौं, पुस २३
नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै घटबढ भएको छैन् । आज सुन हिजोकै मूल्यमा कारोबार भइरहेको छ ।
आज सुन प्रतितोला ५६ हजार २ सय रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदी भने धेरै दिन सम्म एउटै मूल्यमा कारोबार भईरहेको छ ।
चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: २३ पुस २०७४, आइतबार
















