सुनको मूल्य घट्यो, कतिमा झर्यो ?
काठमाडौँ, पुस २४
सुनको मूल्य आज फेरी तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँमा झरेको छ ।
हिजो सुन प्रतितोला ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी भने धेरै दिन सम्म एउटै मूल्यमा कारोबार भईरहेको छ ।
चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: २४ पुस २०७४, सोमबार
















