सुनचाँदीको मूल्य कति छ आज ?

काठमाडौँ, पुस २८
नेपाली बजारमा (साताको अन्तिम दिन शुक्रबार) आज फेरी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ५६ हजार चार सय रुपैयामा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला सात सय ५० रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: २८ पुस २०७४, शुक्रबार
















