गौरमा कर्फ्यु


 


गौर, भदाै ७

रौतहट सदरमुकाम गौरमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ।  आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार साढे ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो।

घरेलु हातहतियार सहित प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र सुरक्षाकर्मीको झडपमा एक दजर्न बढी घाईते छन्।  आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास र  केही राउण्ड रबरको गोली प्रहार गरेको थियो।

 स्थिति नियन्त्रणबाहिर गएकाले  कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जनाए ।

प्रकाशित मिति: ७ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्