​प्रहरी सम्मानसहित एसएसपी न्यौपानेको दाहसंस्कार


 


काठमाडौं, भदौ ८

laxman neupaneकैलालीमा हत्या गरिएका प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेको मंगलबार पशुपति आर्यघाटमा प्रहरी सम्मानसहित दाहसंस्कार गरिएको छ । थरुहट राज्यको माग राख्दै भएको आन्दोलनको क्रममा थरुहट कार्यकर्ताको समूहले मनुवा गाबिस–६ मा आक्रमण गरी न्यौपानेको हत्या गरेका थिए ।

उपप्रधान मन्त्री तथा गृहमन्त्री बामदेव गौतम, पूर्व गृहमन्त्रीहरु, कायममुकायम प्रधान सेनापति राजेन्द्र क्षत्री, गृहसचिव सूर्यप्रसाद सिलवाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोशराज वन्त, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु आर्यघाट गई न्यौपानेको पार्थिव शरीरमा फुलगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए।

मृतक न्यौपानेको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले शोक सलामी, सम्मान सलामी र अन्तिम सलामी अर्पण गरेको थियो ।

यो पनि पढ्नुहोस्

काे थिए एसएसपी न्यौपाने ?

प्रकाशित मिति: ८ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्