अाज ४.१ रेक्टर स्केलको भूकम्प


 


काठमाडौं, भदौ ९

हुम्लामा बुधबार भूकम्प गएको छ । दिउँसो १ बजेर ३१ मिनेटमा हुम्ला केन्द्र विन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बस्ती भन्दा टाढा केन्द्र विन्दु भएर भूकम्प गएकाले कुनै मानवीय क्षती भएको छैन । यो भूकम्पको वैशाख १२ गते गोरखाको बारपाक केन्द भएर गएको ७ दशमलव ८ रेक्टर स्केलेको गोरखा भूकम्पसँग कुनै सम्बन्ध नरहेकाले यो पराकम्प नभएर नयाँ भूकम्प नै भएको केन्द्रले जनाएको छ ।

यसअघि गएको साउन ३० गते ताप्लेजुङ केन्द्र भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति: ९ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्