प्रदेश नं १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त, भाेलि सपथ ग्रहण


 


विराटनगर, फागनु २
प्रदेश नं १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन । नेकपा एमाले प्रदेश नं १ का संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख प्राध्यापक डा. गोबिन्दबहादुर तुम्बाहाङले बुधबार दिउँसो नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश प्रमुख तुम्बाहाङले राईलाई मुख्यमन्त्रीका नियुक्त गरेको हुन् ।

नवनियुक्त मुख्यमन्त्री राईले भोलि (विहिबार) दिउँसो ३ बजे सपथ लिने भएका छन् । विरेन्द्र सभा गृहमा सपथ ग्रहणको कार्यक्रम मिलाइएको १ नम्बर प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसैबीच भोलि सपथ ग्रहण लगत्तै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारीमा राई जुटेका छन् ।

गत माघ २६ गते राई एमाले संसदीय दलको नेतामा निर्वाचित भएका थिए ।

गत मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा पूर्व सूचना तथा सञ्चार मन्त्री राईले भोजपुर प्रदेश सभा २ बाट २० हजार ३३४ मत ल्याउँदै निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्