विवादमा प्रधानन्यायाधीस, कोबाट हुन्छ राष्ट्रपतिको सपथ ?


 


काठमाडौं, फागुन ३०
दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीको शपथ बुधबार दिउँसो ४ बजेका लागि तय गरिएको छ।

राष्ट्रपति कार्यालयले त्यसको सम्पूर्ण तयारी पूरा गर्दै विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रतिनिधिलगायतलाई शपथग्रहण समारोहमा सहभागिताका लागि आमन्त्रण गरिसकेको छ। अन्नपूर्णमा खबर छ ।

राष्ट्रपतिको शपथ सर्वोच्च अदालतका प्रधानन्यायाधीशले गराउने संवैधानिक व्यवस्था छ। तर, प्रधानन्यायाधीश गोपाल पराजुलीको ‘वैधता’ को विषयमा सर्वोच्च आफैंमा विभाजित भएपछि नवनिर्वाचित राष्ट्रपतिलाई कसले शपथ खुवाउने भन्ने गम्भीर प्रश्न उठेको छ।

प्रधानन्यायाधीशमाथि अदालतमै प्रश्न उठेपछि प्रधानमन्त्री केपी ओलीले पराजुलीसँग मंगलबार बिहान बालुवाटारमा ‘ब्रेक फास्ट’ मिटिङ गर्दै पछिल्ला घटनाका सन्दर्भमा सरोकार व्यक्त गरे। पछिल्ला घटना निरुपण गर्ने उपायको खोजीमा पराजुली स्वयं पनि सोमबार साँझैबाट लागेका छन्।

कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले सर्वोच्चमा घटेका पछिल्ला घटना दुःखद भएको भन्दै न्यायालयको गरिमा र साख जोगाउने विषयमा प्रधानन्यायाधीशसँग परामर्श गरेको एमाले नेता सुवास नेम्बाङले पुष्टि गरे।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अदालतमा घटेका घटनाका सन्दर्भमा आफू टुलुटुलु हेरेर बस्न नसक्ने जानकारी गराउँदै समस्याको उपायबारे सबैभन्दा उपयुक्त विधि प्रधानन्यायाधीश पराजुली बिदामा बस्नु भएको बताएका थिए।

प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्