पराजुलीबारे अर्को तथ्य फेला, आधिकारीक जन्ममिति २०११ वैशाख १३ गते


 


काठमाडौं, चैत्र १
प्रधानन्यायधीस गोपाल पराजुलीलाइ बरखास्त गर्ने निर्णय सचिवको एकलौटी तरिकाले गरेको भन्दै न्यायपरिषदको लफडा जन्ममितिमा गएर अडिएको छ ।

प्रधानन्यायधीश पराजुलीलाइ न्यायपरिषद सचिव नृपध्वज निरौलाले बर्खास्त गरे पछि पराजुलीको न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आएको पत्रका आधारमा पराजुलीले साउन २१ मा नै अवकाश पाएको देखिएको परिषद् सचिवले जारी गरेको पत्रमा उल्लेख छ, तर ६५ वर्ष उमेर पुगेर पदमुक्त हुनुभएका भनिएको पराजुलीको जन्म मितिको हिसावमै २ बर्ष घटाइएको पाइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

परीक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपुरबाट आएको पत्रमा उहाँको जन्ममिति २०११ वैशाख १३ गते उल्लेख गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयको पत्रलाई आधार मान्दा उहाँको उमेर ६३ वर्ष मात्रै हुन्छ ।

प्रतिक्रिया दिनुहो

प्रकाशित मिति: १ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्